Nepal Life

व्यापारीले एक पटकमा ६० हजार डलरसम्मको सामान आयात गर्न पाउने, हवाइबाट एक लाख डलरसम्म

NMB Bank
  • BFIS News
  • 2023 Aug 07 18:47
व्यापारीले एक पटकमा ६० हजार डलरसम्मको सामान आयात गर्न पाउने, हवाइबाट एक लाख डलरसम्म
United Ajod

काठमाडौं । व्यापारीले एक पटकमा ६० हजार डलरसम्मको सामान आयात गर्न पाउने भएका छन् । त्यस्तै वायु सेवा सञ्चालक संस्थाले भने एक पटकमा एक लाख डलरसम्मको सामान आयात गर्ने सुविधा पाएका छन् ।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकले एकिकृत परिपत्र २०७९ मा संशोधन गर्ने क्रममा एक पटकमा अधिकतम ६० हजार वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मको मालसामान आयात गर्न सकिने व्यवस्था गरेको छ । यस भन्द अगाडी एक पटकमा अधिकतम ५० हजार अमेरिकी डलरसम्मको मात्रै आयात गर्न पाइन्थ्यो ।

यस व्यवस्था बमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपश्चात पुनः सोही निर्यातकर्ताबाट अर्को शीपमेन्टको बस्तु आयातको लागि सटही सुविधा प्राप्त गर्न शर्तहरु तोकिएको छ । एक पटक सटही सुविधा लिएर सामान आयात भएको सात दिन पछि मात्रै यस्तो सुविधा पाइनेछ । भारतबाट हुने आयातको हकमा यस्तो सीमा भारतीय रुपैयाँ तीन करोडसम्म हुनेछ ।

एकिकृत निर्देशन

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया