Nepal Life

नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा आज

NMB Bank
  • BFIS News
  • 2024 Jun 07 08:28
नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा आज
United Ajod

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज बस्दैछ। साधारण सभा आज पर्वत जिल्लाको कुश्मामा रहेको रोयल कुश्मा रिसोर्टमा दिउँसो साढे १२ बजे बस्नेछ।

Shikhar
Nepal Life
NIMB

सभामा संस्थाले एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।  

सभामा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएका सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। सभामा ४ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्तावसमेत पारित गरिनेछ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत जेठ १८ गते बुक क्लोज गरेको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया