Nepal Life

ग्लोबल आइएमई बैंकद्वारा 'डिजिटल युनिभर्स' सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 09 18:23
ग्लोबल आइएमई बैंकद्वारा 'डिजिटल युनिभर्स' सञ्चालनमा
United Ajod

काठमाडौं। ग्लोबल आइएमई बैंकले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटिएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरू रहेको डिजिटल युनिभर्सको उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भने, 'डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैंकिङ सेवा प्रदान गर्न सहयोग पुग्ने छ। यो पहल ग्लोबल आइएमई बैंकको आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैंकिङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा हो। हामीले आज लन्च गरको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापी रूपमा भइरहेको डिजिटल बैंकिङतर्फको यात्रासँग मेल खान्छ।'

आजको युगमा डिजिटल बैंकिङको महत्व बढ्दै गएको छ। डिजिटल बैंकिङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँछ।

ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ।

बैंकका अनुसार यस्ता नवीन बैंकिङ प्रविधिहरू अंगालेर बैंकले आफ्ना ग्राहकहरूको बदलिँदो बैंकिङ आवश्यकताहरू मात्र पूरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्‍याएको छ।

कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकारीलगायत बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया