Nepal Life

ग्लोबल आइएमई लघुवित्तद्धारा डस्बिन वितरण

NMB Bank
  • बिएफआईएस न्युज
  • 2022 Feb 05 09:12
ग्लोबल आइएमई लघुवित्तद्धारा डस्बिन वितरण
United Ajod

काठमाडौं । पोखरा महानगरपालिका वडा नं. २६ मा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. ले शान्तिमार्ग टोल विकास संस्थालाई ३५ वटा डस्बिन वितरण गरेको छ ।

Shikhar
Nepal Life
NIMB

वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले टोल विकास संस्थाका अध्यक्ष डेट प्रसाद पनेरुलाई उक्त डस्बिन  हस्तान्तरण गरेका हुन् । वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष मार्फत वातावरण प्रदुषण नियन्त्रण तथा सरसफाई कायम गरी उदाहरणीय टोल निर्माणको लागि उक्त सहयोग गरेको कुरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए  सोही अवसरमा अध्यक्ष पनेरुले प्रदुषण रहित वातावरण निर्माणका लागि प्राप्त सामग्रिले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले उक्त सहयोगका लागि वित्तीय संस्थालाई धन्यवाद दिदैँ आगामी दिनमा समेत सहयोगको अपेक्षा राखे । वित्तीय संस्थाले यस किसिमका सामाजिक कार्यहरु विभिन्न समयमा गर्दै आइरहेको र आगामी दिनहरुमा समेत निरन्तरता दिने बताइएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया