Nepal Life

युनाइटेड मोदी हाइड्रोपावरको शतप्रतिशत हकप्रद प्रस्ताव पारित

NMB Bank
  • BFIS News
  • 2024 Jun 10 08:23
युनाइटेड मोदी हाइड्रोपावरको शतप्रतिशत हकप्रद प्रस्ताव पारित
United Ajod

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आइतबार काठमाडौंमा रहेको कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

Shikhar
Nepal Life
NIMB

सभाले १:१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।

सभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गुरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन्।

कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत भएको छ ।

त्यसै गरी सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित मेवा खोला जलविद्युत आयोजना (५० मे. वा.) (आयोजना) मा लगानी गर्नका लागि विद्युत नियमन आयोगद्वारा मिति २०८०/१०/२२ मा दिएको सहमति बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ०५ लाख रुपैयाँ बमोजिमको सेयर संख्या १ करोड २३ लाख ५ हजार कित्ता सेयर बराबर सेयरका दरले १:१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया