Nepal Life

बेष्ट फाइनान्सले ३ लाख ५६ हजार कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउँदै, सवैले आवेदन दिन पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 11 08:48
बेष्ट फाइनान्सले ३ लाख ५६ हजार कित्ता संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउँदै, सवैले आवेदन दिन पाउने
United Ajod

काठमाडौं । बेष्ट फाइनान्सले संस्थापक हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ। कम्पनीले हकप्रद सेयर बिक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयर बाँडफाँट भई बाँकी रहेको ३ लाख ५६ हजार ७४.५७ कित्ता संस्थापक सेयर असार ४ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याउन लागेको हो।

Shikhar
Nepal Life
NIMB

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बोलपत्र आवेदन पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ।

इच्छुक लगानीकर्ताले कमलादीमा रहेको बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय, शाखा कार्यालयहरू मिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज, घोराही, दाङ, इटहरी, नारायणगढ, चितवन, वीरगञ्ज र न्यूरोड पोखरामा आवेदन दिन सक्नेछन् । यस्तै ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरू– विरेन्द्रनगर र धनगढीमा समेत आवेदन पेस गर्ने सकिनेछ।

आवेदन असार ११ गतेसम्म पेस गर्न सकिनेछ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया