Nepal Life

नेपाल एसबिआई बैंकले भन्यो - प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्नुस्, नत्र कारोबार रोक्का हुन्छ

NMB Bank
  • BFIS News
  • 2024 Jun 12 09:08
नेपाल एसबिआई बैंकले भन्यो - प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्नुस्, नत्र कारोबार रोक्का हुन्छ
United Ajod

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्ना ग्राहकलाई प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशन २०८०, सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ र सम्पत्ति शुद्धिकरण निवारण नियमावली अनुसार खातावाला तथा निजका हिताधिकारीका ग्राहक पहिचान विवरणहरु अद्यावधिक गर्नुपर्ने भएकाले प्यान नम्बर तथा खाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो।  

Shikhar
Nepal Life
NIMB

खातावालाहरुले यसअघि बुझाउन बाँकी कागजात तथा विवरण वा परिवर्तित थप विवरण आफ्नो खातामा रहेको शाखा वा आफूलाई पायक पर्ने नेपाल एसबिआई बैंकको कुनै पनि शाखामा सम्पर्क गरी अद्यावधिक विवरण एवं कागजात पेश गर्न बैंकले आग्रह गरेको छ।  

यस्तै ५० लाख रुपैयाँभन्दा बढीको मुद्दती निक्षेप खोल्ने व्यक्तिहरुले समेत खाता खोल्दा आफ्नो प्यान नम्बर अनिवार्य रुपमा बैंकमा उपलब्ध गराउनु पर्ने प्रावधान रहेको हुँदा यस अघि बुझाउन बाँकी ग्राहकले आफ्नो खातामा रहेको शाखा वा पायक पर्ने अन्य कुनै पनि शाखामा सम्पर्क गरी अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ।  

उल्लेख गरे बमोजिम खातावालाहरुले ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक नगरेमा वा आवश्यक कागजात पेश नगरेमा खाताहरुको कारोबार रोक्का राखिने बैंकले उल्लेख गरेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया