Nepal Life

सुर्योदय वोमी लघुबित्त रामपुर चौडाहा शाखाद्वारा लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थालाई डस्बिन बितरण

NMB Bank
  • BFIS News
  • 2024 Jun 12 20:53
सुर्योदय वोमी लघुबित्त रामपुर चौडाहा शाखाद्वारा लोकेश्वर बैरागनाथ खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थालाई डस्बिन बितरण
United Ajod

काठमाडौं । सुर्योदय वोमी लघुबित्त बित्तीय सस्था लि ले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री लोकेश्वर बैरागनाथ खानेपनि तथा सरसफाइ उपभोक्ता सस्था लाई २० थान डस्बिन हस्तान्तरण गरेको छ । यस सस्थाका अनुगमन अधिकृत जमिल खत्रीले लोकेश्वर बैरागनाथ खानेपनि तथा सरसफाइ उपभोक्ता सस्था को सभापति गुप्ता बहादुर केसिलाई हस्तान्तरण गरेका हुन् । 

Shikhar
Nepal Life
NIMB

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति केसीले लघुबित्तको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको डस्बिन हस्तान्तरणले समाज गाउ टोल सरसफाइ मा महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुका साथै केसीले समाज स्वच्छ र सरसफाइ ले समाज परिवर्तन मा भुमिका बारे जानकारी गराए ।

यस कार्यक्रमका प्रमुख अथिति बसन्त राज दाहालले समाज र लघुबित्त बिचको सम्बन्ध बारेमा जानकारी गराएका थिए । आगामि दिनमा पनि सस्थाले सामजिक उत्तरदायित्व यस्था सहयोग हरु बडाउदै लानेमा आसाबदि रहेको बताउनु भएको थियो र परिवर्तन आमा समुहको प्रतिनिधि पबित्रा जिसिले लघुबित्तको कारणले समाजमा राम्रो कार्य गरेको बित्तीय चेतना बडाएको लघुबित्तबाट महिलाहरुले राम्रो लाभ लिएको महिला ससक्तिकरणमा भुमिका खेलेको र यस्ता अन्य सहयोग बडाउन आग्रह गरेका थिए ।

कार्यक्रम मा यस सस्थाका अनुगमन अधिकृत जमिल खत्रीले सस्थाको परिचय लघुबित्तको समाजमा भुमिका समाजप्रति दायित्व र लघुबित्तले समाजमा ल्याएको परिवर्तन ,बित्तीय चेतना ,आगामि भुमिका को बारेमा जानकारी गराए । खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थासँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा लघुबित्तका तिन वटा शाखाका प्रमुख र कर्मचारीहरु तथा सुनवल नगरपालिका वडा नम्बर ७ र ८ भित्रका आमा समुह र अन्य सस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।

हाल सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि ललितपुर कर्पोरेट कार्यालय रही देश भरि नै १७३ वटा शाखा कार्यालयमार्फत करिब १८५००० जना सदस्यलाई वित्तीय सेवा दिइरहेको छ। भनि कार्यक्रममा शाखा कार्यालय तिलकपुरको शाखा प्रमुख सुन्दर थापा क्षेत्रीले जानकारी गराएका थिए । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया