Nepal Life

एनएमबी लघुवित्तले बोलायो साधारण सभा, के छन् एजेण्डा?

NMB Bank
  • BFIS News
  • 2024 Jun 14 08:23
एनएमबी लघुवित्तले बोलायो साधारण सभा, के छन् एजेण्डा?
United Ajod

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा आगामी असार २१ गते बोलाएको हो।

Shikhar
Nepal Life
NIMB

सभा पोखरामा रहेको होटल बाराहीमा बिहान साढे ११ बजे बस्नेछ।

सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्रको नियमावली संशोधन गर्ने, संस्थापक तथा सर्वसाधारणतर्फको सेयर संरचना परिवर्तन गर्ने, संञ्चालक समिति सम्बन्धी संस्थाको प्रबन्धपत्र संशोधन गर्ने, अन्य लघुवित्तसँग गाभ्ने/गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ।

यस्तै आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा १ जना संस्थापक र २ जना सर्वसाधारणतर्फको सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले असार ७ गतेदेखि २१ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया