Nepal Life

मालपोत अधिकृतसहित ६ जनाविरुद्व दोब्बर जरिवानाको मागसहित भ्रष्टाचार मुद्दा

NMB Bank
  • BFIS News
  • 2023 Aug 09 21:43
मालपोत अधिकृतसहित ६ जनाविरुद्व दोब्बर जरिवानाको मागसहित भ्रष्टाचार मुद्दा
United Ajod

काठमाडौं । वीरगंजका मालपोत अधिकृत हरिनारायण मिश्र, अधिकृत सनदकुमार द्वीवेदी र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्यितार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तीन अधिकृतसहित कम्युटर अधिकृत र नासुले २०७३ साउन २ गते लिखतहरु पारित गर्दा तोकिएको दायित्व र जिम्मेवारी पूरा नगरी बदनीयतपूर्वक चार लाख २५ हजार ५३१ रुपैयाँ राजस्व चुहावट गरेका थिए । 

Shikhar
Nepal Life
NIMB

आयोगका अनुसार नासु साहलाई तीन लाख ८७ हजार रुपियाँ कायम विगोको दोब्बर जरिवाना सात लाख ७४ हजारमध्ये असुल भएको २२ हजार १९५ रुपियाँ घटाई सात लाख ५१ हजार ८०९ रुपियाँ जरिवाना गर्न माग गरिएको छ।

यसैगरी, कम्युटर अधिकृत तिवारीलाई ११ हजार ७४७ विगोको दोब्बर २३ हजार ४९५ जरिवाना, मालपोत अधिकृत भण्डारीलाई दुई लाख ३९ हजार ४०४ विगोको दोब्बर चार लाख ७८ हजार ८०८, भट्टराईलाई ३८ हजार ५२८ को दोब्बर ७७ हजार ०५७  मध्ये दाखिला भएको ३८ हजार रकम घटाएर ३९ हजार ५७ रुपियाँ जरिवानाको माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।  

मिश्रलाई ६० लाख ७१९ विगोको दोब्बर एक लाख २१ हजार ४३८ रुपियाँमध्ये असुल भएको ६० हजार १९५ घटाएर ६१ हजार २४३ र द्वीवेदीलाई एक लाख १३ हजार ७७८ विगोको दोब्बर दुई लाख २७ हजार ५५६ रुपियाँ जरिवानाको मागदाबी लिएर बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया