Nepal Life

मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद भदौ १० गतेदेखि निष्काशन हुँदै

NMB Bank
  • BFIS News
  • 2023 Aug 10 10:28
मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद भदौ १० गतेदेखि निष्काशन हुँदै
United Ajod

काठमाडौं । मल्टीपर्पस फाइनान्सले आगामी भदौ १० गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। फाइनान्सको १०० कित्ता शेयर हुनले ३५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

Shikhar
Nepal Life
NIMB

शेयरधनीले भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त शेयरमा साउन ११ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन सक्ने छन् । हकप्रद शेयर निष्काशनका लागि फाइनान्सले गएको साउन १२ गते बुक क्लोज गरेको थियो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले फाइनान्सलाई आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

फाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल फाइनान्सको चुक्ता पूँजी ४२ करोड २० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात फाइनान्सको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ।

फाइनान्सले हकप्रद शेयर निष्काशन गरी संकलन गरेको रकममध्ये २ करोड रुपैयाँ तरलता कायम गर्न नेपाल राष्ट्र बैंकमा मौज्दात कायम गर्न, ३ करोड ८२ लाख रुपैयाँ कर्जा तथा लगानी प्रवाह गर्न, २ करोड रुपैयाँ शाखा विस्तार गर्न र बाँकी ८ करोड सरकारी ऋणपत्र खरिद गर्न प्रयोग गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया