Nepal Life

प्रभु बैंकका ग्राहक तथा कर्मचारीले शुक्रा हाउस डाईग्रोस्टिक एण्ड वेलनेशमा विशेष छुट पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 20 17:34
प्रभु बैंकका ग्राहक तथा कर्मचारीले शुक्रा हाउस डाईग्रोस्टिक एण्ड वेलनेशमा विशेष छुट पाउने
United Ajod

काठमाडौं । प्रभु बैंक लिमिटेड र पानीपोखरीस्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लिबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा. लि सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

Shikhar
Nepal Life
NIMB

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरू, कार्डप्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि मा उपचार सेवा लिँदा इन–हाउस रुटिन टेस्टमा २५ प्रतिशत छुट, इन–हाउस स्पेशलाइजेशनमा २० प्रतिशत छुट, आउटसोर्समा १० प्रतिशत छुट र एक्स–रे,USG , ECG, ECHO मा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्न बैंकले जनाएको छ ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरूले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेस गर्नुपर्ने छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया