Nepal Life

प्रभु बैंकका कर्मचारी र ग्राहकले बन्दिपुरका ९ होटलमा छुट पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jun 21 10:22
प्रभु बैंकका कर्मचारी र ग्राहकले बन्दिपुरका ९ होटलमा छुट पाउने
United Ajod

काठमाडौं । प्रभु बैंकका ग्राहकले बन्दिपुरका ९ वटा होटलमा छुट पाउने भएका छन् । बन्दिपुरमा रहेका ईको होटल प्रा.लि, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार घर क्याफे, गुड होटल प्रा.लि., हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लज, होटल तिनधारा, वल्र्ड हाउस क्याफे एण्ड लजमा बैंकका कर्मचारी तथा ग्राहकले बिशेष छुट पाउने भएका छन् ।

Shikhar
Nepal Life
NIMB

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा बन्दिपुर ईको होटलकाको तर्फबाट निर्देशक सूर्य प्रसाद ढकाल, हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टका प्रोपाइटर संगिता प्रधान, होटल दरबार हिमालयका प्रोपाइटर सीर कुमारी गुरुङ, फाल्चा खाजा घरका प्रोपाइटर मिनु प्रजापति, बहिदार घर क्याफेका प्रोपाइटर प्रतिमा श्रेष्ठ, गुड होटल प्रा.लि.का निर्देशक बिश्व प्रकाश सुल्पे, हिल्स सेभेन रेष्टुरेण्ट एण्ड लजका प्रोपाइटर रबी शान्ति पिया, होटल तिनधाराका प्रोपाइटर सुमन सन श्रेष्ठ, वल्ड हाउस क्याफे एण्ड लजका प्रोपाइटर नन्दा पिया र प्रभु बैंकको डुम्रे शाखाको शाखा ईन्चार्ज बिटु माया बस्नेतले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकको कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका परिवारजनले सम्झौतामा भएका होटल तथा रेष्टुरेण्ट मा आवास, खाना, मनोरञ्जन सभाहल लगायतका सेवाहरुमा ५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया