Nepal Life

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

NMB Bank
  • BFIS News
  • 2024 Jun 26 12:17
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य
United Ajod

काठमाडौं । सरकारले सिमकार्ड लिन र बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । बुधबार राजपत्रमा एक सूचना प्रकाशित गरी सरकारले यस्तो व्यवस्था गरेको हो ।

Shikhar
Nepal Life
NIMB

यस अन्तर्गत बैङ्किङ तथा वित्तीय सेवा लिन, टेलिफोन तथा सिमकार्ड लिन, सामाजिक सुरक्षा कोषको सेवा लिन र घर जग्गा किनबेच सम्बन्धी सेवा लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र लिएको हुनुपर्नेछ ।

यो व्यवस्था १ माघ २०८१ देखि अनिवार्य लागू हुनेछ । नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को दफा ३ र १० को प्रयोजनका लागि राष्ट्रिय परिचयपत्रको प्रयोग सम्बन्धमा उक्त निर्णय गरेको हो ।

सरकारको स्वामित्वमा रहेका संस्था तथा निजी क्षेत्रबाट प्रवाह गरिने सार्वजनिक सेवा सुविधा प्रदान गर्न वा माग गर्न पेस गर्नुपर्ने नेपाली नागरिकता प्रमाणपत्रको सट्टामा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर पेस गरी त्यस्तो सेवा सुविधा प्राप्त गर्न सकिनेछ ।

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया