Nepal Life

अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

NMB Bank
  • BFIS News
  • 2024 Jun 27 18:10
अब क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न मिल्ने
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्यूआरबाटै अन्तरदेशीय भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले बिहीबार भुक्तानी सम्बन्धी एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको जनाएको हो।

Shikhar
Nepal Life
NIMB

नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली बाणिज्य बैंक तथा विकास बैंकमा आबद्ध विद्युतीय बैंकिंग, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिंग, क्यूआर मार्फत राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तरगतको रिटेल पेमेन्ट स्वीचमार्फत भारतीय बैंक खातामा रकम ट्रान्सफर गर्न मिल्ने व्यवस्था गरेको हो।

बैंक तथा वित्तिय संस्था र  वालेट जस्ता भुक्तानी सेवा प्रदायक संस्थाले यसका लागि आवश्यक प्रणालीको विकास गर्न सक्नेछन् । यस्तो कारोबार प्रतिदिन १५ हजार र प्रतिमहिना १ लाखसम्म गर्न सकिने छ।

 यसअघि भारतमा कार्यरत नेपालीले मात्रै नेपालमा यही मोडलमा पैसा पठाउन सक्ने व्यवस्था गरिएको थियो । अहिले आएर नेपालमा कार्यरत भारतीय कामदारहरुलाई पनि विद्युतीय प्रणालीबाट आफ्नो देशमा पैसा पठाउन नीतिगत रुपमा बाटो खुल्ला गरिएको हो।

‘यो व्यवस्था लागू भएपश्चात यस्तो कारोबार गर्न चाहने भुक्तानी सम्बन्धी कारोबार गर्न अनुमतिपत्रप्राप्त संस्थाले विदेशी संस्थासँग समझदारी गर्नुपूर्व राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पूर्व सहमति लिनु पर्नेछ, यस्तो पूर्व सहमतिको निवेदनसाथ प्रस्तावित विदेशी संस्थासँगको आवद्धताबाट हुने उपलब्धि/औचित्य लगायत यस विभागले माग गरेबमोजिमको कागजात/विवरण समेत पेश गर्नुपर्ने छ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख छ ।

सम्झौता भएका विदेशी संस्थासँग कारोबार सुचारू गर्नु पूर्व राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गर्नुपर्ने छ । स्वीकृतिको लागि निवेदन पेश गर्दा विदेशी विनिमय र भुक्तानी प्रणाली सम्बन्धी सम्पूर्ण व्यवस्थाहरु पालना गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

यस्तै भारतीय रुपैयाँको सटही सुविधा भारत र भुटानमा क्यूआरलगायत विद्युतीय माध्यमबाट हुने मर्चेन्ट पेमेन्ट समेत उपलब्ध हुनेछ । यस्तो सटहीको सुविधा कार्डका लागि कायम सीमासम्म हुने केन्द्रीय बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया