Nepal Life

समता घरेलु र मनकामना स्मार्टले असार २४ बाट एकीकृत कारोबार थाल्दै

NMB Bank
  • BFIS News
  • 2024 Jun 28 12:13
समता घरेलु र मनकामना स्मार्टले असार २४ बाट एकीकृत कारोबार थाल्दै
United Ajod

काठमाडौं । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्।

Shikhar
Nepal Life
NIMB

दुई लघुवित्तले समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन्। गत चैत २९ गते सम्पन्न यी दुवै लघुवित्तको वार्षिक साधारण सभाले समता लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो।

कारोबारका लागि नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेको थियो ।

असार २४ गतेदेखि एकीकृत कारोबार सुरु गरिने भएकोले डाटा माइग्रेसन कार्यको लागि असार २३ गते दुवै लघुवित्तले आफ्ना कार्यालयहरूबाट प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने बताएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया