Nepal Life

एसइईमा 'ए प्लस' ल्याएका विद्यार्थीलाई सिग्मा स्कुलले दियो १० हजार नगद, ८ जनाले पाए सम्मानसहित पुरस्कार

NMB Bank
  • BFIS News
  • 2024 Jun 30 15:01
एसइईमा 'ए प्लस' ल्याएका विद्यार्थीलाई सिग्मा स्कुलले दियो १० हजार नगद, ८ जनाले पाए सम्मानसहित पुरस्कार
United Ajod

काठमाडौं । सोह्रखुट्टेस्थित सिग्मा सेकन्डरी स्कुलले एसइई परिक्षामा 'ए प्लस' ल्याउने विद्यार्थीलाई सम्मानसहित १० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरेको छ। स्कुलले शैक्षिक क्षेत्रमा विद्यार्थीको उर्जा विस्तार गर्ने उद्देश्यले प्रोत्साहनस्वरुप नगद पुरस्कार वितरण गरेको स्कुल प्रमुख जयदेव सिंह धामीले बताए।

Shikhar
Nepal Life
NIMB

'विद्यार्थीको मेहनतलाई मध्यनजर गर्दै उहाँहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यले नगद पुरस्कार हस्तान्तरण गरेका हौँ ,' विद्यालय प्रमुख धामीले भने,'यसमार्फत विद्यार्थीमा थप उर्जा विस्तार हुने आशा लिएका छौं।'

उनका अनुसार सिग्मा स्कुलमा एसइई दिएका २९ जनामध्ये भूषण धामी, पुनम महत, अरुण गुरुङ, भुमिका धामी, सम्प्रदा तिमल्सिना, कृश्चल लोहनी, अर्लिन श्रेष्ठ र विराज थापालाई सो नगद पुरस्कार दिइएको प्रमुख धामीले जानकारी दिए।  प्रत्येक विद्यार्थीलाई १० हजार रुपैयाँका दरले नगद पुरस्कार वितरण गरिएको हो।

२६ वर्षदेखि शैक्षिक सेवा दिँदै आएको सिग्मा सेकेन्डरी स्कुलमा हाल करिब ६०० विद्यार्थी अध्ययनरत छन्। यसैगरी सिग्मा अन्तर्गत उच्च माध्यमिक तहमा ६०० र स्नातक तहमा करिब २५० विद्यार्थी अध्ययनरत रहेका प्रमुख धामीले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया