Nepal Life

६६ औं वार्षिकोत्सव मनाउँदै निगम, पर्यटनमन्त्रीले भने - गरिमा अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक

NMB Bank
  • BFIS News
  • 2024 Jul 01 12:49
६६ औं वार्षिकोत्सव मनाउँदै निगम, पर्यटनमन्त्रीले भने - गरिमा अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक
United Ajod

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगमको गरिमा सबैले रक्षा गर्नुपर्ने बताएका छन्।

Shikhar
Nepal Life
NIMB

निगमको ६६ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न आरोह अवरोहकाबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानमा अलग्गै पहिचान बनाउन सफल निगमको गरिमामाथि आँच पुर्‍याउन नहुनेमा जोड दिए।

पर्यटनमन्त्री तामाङले भने, “वायुसेवा निगम लामो इतिहास पार गर्दै आज ६७ औँ वर्षमा प्रवेश गर्दैछ। यसले  इतिहासको लामो कालखण्डमा विभिन्न आरोह अवरोह पार गर्दै  आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ। अझै यसको अभिवृद्धि गर्न ठोस् योजना बनाउन आवश्यक  छ।”

वार्षिकोत्सवको अवसरमा आज बिहान प्रभातफेरी गरिएको थियो। निगमको नयाँ सडकस्थित केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी नयाँ सडक, बसन्तपुर, आकाशभैरव, घण्टाघर, भद्रकाली, सुन्धारा हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन गरिएको थियो। विसं २०१५ असार १७ गते शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो।

निगमले हाल  काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्याण्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई र साउदी अरबको रियादमा उडान भर्दै आएको छ। निगमले दुई थान वाइड बडी ‘ए’ ३३० र दुई थान न्यारोबडी ए३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। आन्तरिकतर्फ दुर्गम भेगका २२ भन्दा बढी गन्तव्यमा निगमले सेवा दिइरहेको छ।

डगलस डिसी–३ ‘डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले विसं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमको  कूल सात विमान सेवामा प्रयोग गरिएको छ। निगमले विसं २०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ–२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया