Nepal Life

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Jul 07 11:20
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । असार २३ गते, आइतबार, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यस दिन सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ बढेर नयाँ उचाईमा पुगेको हो।

Shikhar
Nepal Life
NIMB

यस दिन छापावाल सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको छ। यस अघि गत जेठ २५ गते, यस्तो सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो। शुक्रबार प्रतितोला १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यले यस दिन एक हजार रुपैयाँ बढेर नयाँ अलटाइम हाइ बनाएका हो। यस दिन तेजाबी सुन भने तोलाको १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँ बढेर १ हजार ८९० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी तोलाको १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया