Nepal Life

आजदेखि एकीकृत कारोबार थाल्दै मनकामना र समता घरेलु लघुवित्त

NMB Bank
  • BFIS News
  • 2024 Jul 08 07:48
आजदेखि एकीकृत कारोबार थाल्दै मनकामना र समता घरेलु लघुवित्त
United Ajod

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्थाले आजबाट एकीकृत कारोबार सुरु गर्दैछ।

Shikhar
Nepal Life
NIMB

गत जेठ २९ गते काभ्रेपलाञ्चोक बनेपा-७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर-५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेका थिए।

मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहनेछ। डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुवै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द गरिएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया