Nepal Life

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, २१ वटा कसूरमा मुद्दा दर्ता

NMB Bank
  • BFIS News
  • 2023 Aug 12 07:02
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, २१ वटा कसूरमा मुद्दा दर्ता
United Ajod

काठमाडौं। बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१ बस्ने ३६ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । 

Shikhar
Nepal Life
NIMB

काठमाडौं महानगरपालिका-१ भाटभटेनीस्थित राधा देवी गुप्रका संचालक दिनेशले आफ्नो नाममा रहेको बिभिन्न बैंकहरुको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी बिभिन्न ब्यक्तिहरुलाई भुक्तानी दिनुपर्ने रकमको बैंक चेक दिएको तर पीडितहरुको रकम फिर्ता नगरी फरार रहेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चन्द्रागिरीबाट पक्राउ गरेको हो । उनी उपर काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसूरमा १९ वटा, ठगीमा १ र केही सार्वजनिक अपराध कसूरमा १ वटा गरी जम्मा २१ वटा कसूरमा मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  

उनी उपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाडौंबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया