Nepal Life

आउदो तीन दिन भारी वर्षा हुने

NMB Bank
  • BFIS News
  • 2023 Aug 12 07:09
आउदो तीन दिन भारी वर्षा हुने
United Ajod

काठमाडौँ । आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला निकायलाई जल तथा मौसम विज्ञान विभागले अपिल गरेको छ ।

Shikhar
Nepal Life
NIMB

विशेष मनसुन बुलेटिन जारी गर्दै नेपालमा दुईथरी न्यूनचापीय प्रणालीको असरका कारण तीन दिन भारी वर्षा हुने विभागले जानकारी दिएको छ । मनसुनको मुख्य न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको छ। त्यो रेखा केही दिन अझ नजिक सर्दा भारी वर्षा दोहोरिने सम्भावना उच्च छ। यसका साथै भारतको विहारको उत्तरपश्चिम भूभाग तथा आसपासमा रहेको अर्को न्यूनचापीय प्रणालीको प्रभाव उच्च रहेको छ। मौसमविद् वरुण पौडेलका अनुसार केही दिनयता सक्रिय रहेको मनसुनी वर्षा तुलनात्मक रूपमा शनिबार रातिदेखि अझ भारी हुने सम्भावना रहेको छ। मनसुन सक्रिय रहँदा कहिले भारी र कहिले अलिक कम वर्षा हुने क्रम चल्ने भएकाले फेरि भारी वर्षाको चक्र सुरु हुन थालेको हो ।

शनिबारदेखिको वर्षाले तराईभन्दा देशको पहाडी भूभागमा असर गर्ने अनुमान गरिएको छ ।  सुरुका दिनमा तराई भेगमा भारी वर्षा हुँदा त्यहाँको जनजीवनमा असर गर्ने देखिएको छ। त्यसपछि पहाडतिर उक्लने भारी वर्षाले बाढीपहिरो र भेलपहिरोको खतरा निम्त्याउन सक्ने भएकाले सरोकारवाला निकायलाई सतर्क रहन भनिएको छ।

विभागद्वारा जारी विशेष बुलेटिनमा भनिएको छ, “शनिबारदेखि सोमबारसम्म देशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ।” त्यस्तै ठुला तथा साना नदीनाला र खोलामा पानीको बहाव बढ्ने छ। दैनिक जनजीवन तथा सडक मार्ग तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरिएको छ।

शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भेगमा मेघ गर्जन र चट्याङसहितको भारी वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा पनि भारी वर्षा हुने भएको छ। आइतबार देशभर पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भेगमा भारी वर्षा हुने छ। त्यस्तै मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।

सोमबार देशभर पूर्ण बदली कायम रहँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, कोशी, मधेश र बागमती प्रदेशका केही भेगमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। सोमबारसम्म मध्यमदेखि अति भारी वर्षाको क्रम तीन दिन चल्ने हुँदा देशका ठुला साना नदीको बहाव बढ्ने, आकस्मिक बहाव हुने सम्भावना रहेकाले तटीय क्षेत्रमा थप सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ। मङ्गलबारदेखि भने वर्षाको दर कम हुँदै जाने भएकाले बाढीपहिरोको सम्भावना पनि कम हुँदै जाने मौसम विदले जनाएका छन् ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया