Nepal Life

कर्जा ग्राहकहरूका लागि एनआइसी एसिया बैंकको छुट योजना

NMB Bank
  • BFIS News
  • 2024 Jul 09 15:17
कर्जा ग्राहकहरूका लागि एनआइसी एसिया बैंकको छुट योजना
United Ajod

काठमाडौं । एनआइसी एसिया बैंकले छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ। बैंकले २०८० चैत मसान्तसम्म भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्र चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्‍याउने उद्देश्यले उक्त योजना ल्याएको बैंकको भनाइ छ।

मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन्।

यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पुर्‍याउनु पर्ने आजको टड्कारो आवश्यकतालाई सम्बोधन गर्न यस बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो।

बैंकले भाखा नाघेको ९१ दिनदेखि १८० दिनको लागि १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनका लागि २५ प्रतिशत र ३६५ दिनभन्दा बढीका लागि ३५ प्रतिशत छुट दिने भएको हो।

बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया