Nepal Life

सिटिजन्स बैंकले सबै प्रादेशिक कार्यालयमा लर्निङ सेन्टर सञ्चालनमा ल्यायो

NMB Bank
  • BFIS News
  • 2024 Jul 09 15:25
सिटिजन्स बैंकले सबै प्रादेशिक कार्यालयमा लर्निङ सेन्टर सञ्चालनमा ल्यायो
United Ajod

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ सेन्टर सञ्चालनमा ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ सेन्टर सञ्चालनमा ल्याएको हो।

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न बैंकले लर्निङ सेन्टरको स्थापना गरेको हो। यो लर्निङ सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बागमतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन्।

मङ्गलबार बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ सेन्टरहरुको उद्घाटन गरे। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले बैंकले स्थापना गरेको लर्निङ सेन्टरमा कार्यक्रमहरु सञ्चालन गर्न सहजता हुने र सञ्चालन भएका कार्यक्रमहरुले कर्मचारीहरुको व्यक्तित्व र क्षमता विकासमा मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन एवम् सबै प्रदेशका प्रदेश प्रमुखका साथै क्लस्टर प्रमुखलगायत शाखा प्रमुखहरु गरी २६५ जना कर्मचारीको उपस्थिति थियो।

आज लर्निङ सेन्टरहरुको उद्घाटनकै दिनमा देशभर रहेका सातवटै सेन्टरबाट कोशीमा २३, मधेशमा २०, बागमतीमा ४०, गण्डकीमा ९, लुम्बिनीमा २३, कर्णालीमा पाँच र सुदूरपश्चिममा १० जना गरी १३० कर्मचारीले प्रशिक्षण पनि लिएका छन्। बैंकले आफ्ना कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासका लागि विभिन्न तालिम तथा कार्यक्रमको आयोजना गर्दै आएको छ र सबै प्रदेशमा लर्निङ् सेन्टरको स्थापनाले आगामी दिनमा अझ सशक्त ढङ्गले कर्मचारीहरूलाई आफ्नो कार्यस्थलमा कार्य सम्पादन गर्ने क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ् एकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ। हाल ५७ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षमा थप तीन शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया