Nepal Life

अर्थमन्त्रालय लगायतसँग सहकारी छानबिन संसदीय विशेष समितिको छलफल

NMB Bank
  • BFIS News
  • 2024 Jul 12 05:17
अर्थमन्त्रालय लगायतसँग सहकारी छानबिन संसदीय विशेष समितिको छलफल
United Ajod

काठमाडौं । प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले संसद्ले दिएको कार्यादेशअनुसार आज अर्थमन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व न्यायाधीकरणलगायतसँग छलफल गरेको छ ।

Shikhar
Nepal Life
NIMB

छलफलका क्रममा ती निकायका अधिकारीले सहकारी सिद्धान्तका आधारमा नचल्दा समस्या आएको, चिनजान भएकासँग सहकारीका सञ्चालकले लेनदेन गर्ने गरेको, स्वनियमन भनिए पनि हुन नसकेको, बचत तथा ऋण सहकारीमा स्रोत नखुलेको करोडौँ रुपियाँ अपारदर्शी रूपमा राखिएको, ऐन, नियमका प्रावधान पालना नभएका कारण सहकारीमा समस्या आएको बताएको समिति सदस्य ईश्वरी न्यौपानेले जानकारी दिए ।

समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका अधिकारीको भनाइ सुन्ने, बुझ्ने गरी अध्ययन गरिरहेको सचिव बबिता मिश्रले जानकारी दिए । छलफलको क्रम निरन्तर रहेको समितिले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको लामो विरोधपछि संसबाट एक महिनाअघि समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो । 

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमका बारेमा अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया