Nepal Life

चालु पूँजी कर्जा खातामा डिजिटल माध्यमबाट रकमान्तर नगर्न नेपाल बैंकको अपिल

NMB Bank
  • BFIS News
  • 2023 Aug 12 19:39
चालु पूँजी कर्जा खातामा डिजिटल माध्यमबाट रकमान्तर नगर्न नेपाल बैंकको अपिल
United Ajod

काठमाडौं । नेपाल बैंकले चालु पूँजी कर्जा खातामा डिजिटल माध्यमबाट रकमान्तर नगर्न ग्राहकरुलाई अनुरोध गरेको छ । बैंकले यस्तो खाताका लागि तयार पारिएको चल्ती खाताबाट मात्रै कारोबार गर्न आग्रह गरेको हो ।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंक चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को बुँदा नं. ८.५ मा भएको व्यवस्था बमोजिम चालुपूँजी कर्जा खाताबाट कुनै पनि प्रकारको कर्जाको प्रयोजनसँग असमन्धित भुक्तानीहरु जस्तै किस्ता, साँवा, व्याज लगायत अन्य शुल्कहरु भुक्तानी वा जम्मा गर्नका लागि कर्जा प्रयोजनको लागि खोलिएको चल्ती खातामा मात्र गर्न अनुरोध गरेको हो । साथै कर्जा खाताहरुमा डिजिटल कारोबार मार्फत रकमान्तर गर्न समेत नमिल्ने व्यवस्था गरिएको हुँदा सो कारोबार कर्जा प्रयोजनका लागि खोलिएको चल्ती खातामा गर्न अनुरोध गरेको छ । तर प्रतीतपत्र खोल्दाका बखत स्वीकृत गरिएको चालुपूँजी कर्जा प्रवाह गरि आयातसँग सम्बन्धित कर्जा चुक्ता गर्न भने सकिनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया