Nepal Life

सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2024 Jul 16 17:14
सिटिजन्स बैंकको घर कर्जा योजना सार्वजनिक
United Ajod

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ८.९९ प्रतिशत कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधा प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१–०८२ को सुरुवातसँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ सात वर्षका लागि स्थिर रहने गरी ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना आज (मंगलबार) सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

यो योजनाअन्तर्गत कायम रहेको ब्याजदर सात वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ। सात वर्षपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १ प्रतिशत प्रिमियम दर थप गरी ब्याजदर कायम गरिने कुरा बैंकका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले जानकारी दिए।

यस आकर्षक योजनामा सहभागी हुनका लागि नजिकको आफ्नो पायक पर्ने सिटिजन्स बैंकको कुनैपनी शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सक्ने उनले बताए।

यस घर कर्जा सुविधा उपभोग गर्नुहुने ग्राहक महानुभावहरुलाई निःशुल्क क्रेडिट कार्ड, डेबिट कार्ड र पहिलो वर्षका लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट छ। बैंकले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिँदै आएको छ।

बैंकले कर्मचारीको वृद्धि विकासका लागि सात वटै प्रदेशमा रहेको बैंकको आफ्नै भवनमा लर्निङ् सेन्टर आरम्भ गरेर काम गरिरहेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ् एकाइहरुबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया