Nepal Life

आरएसडिसी लघुवित्तको नाफामा ३६.४७ प्रतिशतको वृद्धि, कस्ता छन् अन्य वित्तीय विवरण?

NMB Bank
  • BFIS News
  • 2024 Jul 18 09:51
आरएसडिसी लघुवित्तको नाफामा ३६.४७ प्रतिशतको वृद्धि, कस्ता छन् अन्य वित्तीय विवरण?
United Ajod

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। चौथो त्रैमासमा लघुवित्तको खुद नाफा ३६.४७ प्रतिशतले बढेर १४ करोड ६६ लाख रुपैयाँ भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १० करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Shikhar
Nepal Life
NIMB

गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.२२ प्रतिशतले घटेर २४ करोड ४७ लाख भएको छ। गत वर्षको सोही अवधिमा लघुवित्तले २८ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

महिनाको अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४७.९४ प्रतिशत घटेर १ करोड ३६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १७.०६ प्रतिशत घटेर २६ करोड ३ लाख रुपैयाँ छ।

लघुवित्तको सञ्चालन नाफा ३५.१२ प्रतिशतले बढेर २० करोड ९४ लाख रुपैयाँ भएको छ। लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ८.६ प्रतिशत बढेर ९४ करोड ४३ लाख रुपैयाँ र जगेडा कोष १५.४७ प्रतिशत बढेर २ करोड ३२ लाख रुपैयाँ भएको छ। यस अवधिमा लघुवित्तले ५ अर्ब ३५ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ३.१७ रुपैयाँ बढेर १५.५३ रुपैयाँ पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ४४.५६ गुणा छ भने प्रतिसेयर नेटवर्थ १२४.५० रुपैयाँ छ। लघुवित्तको खराब कर्जा १.४० प्रतिशत रहेकोमा बढेर ३.३१ प्रतिशत पुगेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया