Nepal Life

हिमालय उर्जाले हकप्रद सेयर निष्कासन गर्दै, क-कसले कहिलेसम्म दिन पाउँछन् आवेदन?

NMB Bank
  • BFIS News
  • 2024 Jul 21 08:13
हिमालय उर्जाले हकप्रद सेयर निष्कासन गर्दै, क-कसले कहिलेसम्म दिन पाउँछन् आवेदन?
United Ajod

काठमाडौं। हिमालय उर्जाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले आगामी साउन २४ गतेबाट हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँबराबरको १:१ अनुपातमा रु. १०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। सिडिएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरेको थियो। यसर्थ असार १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।

हकप्रदमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ। हकप्रद सेयरको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया