Nepal Life

ऋण असुलीको नाममा निर्मम तरिकाले सम्पत्ती लिलाम नगरिदिन बैंकहरुलाई अर्थमन्त्रीको निर्देशन

NMB Bank
  • BFIS News
  • 2023 Aug 13 20:20
ऋण असुलीको नाममा निर्मम तरिकाले सम्पत्ती लिलाम नगरिदिन बैंकहरुलाई अर्थमन्त्रीको निर्देशन
United Ajod

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक वित्तीय संस्थालाई धितोलिलाममा लचकता अपनाउन निर्देशन दिएका छन् । बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सँगको छलफल तथा अन्तर्क्रियाका क्रममा महतले प्रयाप्त सम्पत्ती हुँदा हुँदै पनि नगद प्रवाह नहुँदा मर्कामा परेका ऋणीको धितो हत्त पत्त लिइहालौ भन्ने बाटो तर्फ नलाग्न ठाडो निर्देशन दिएका हुन्छ ।

Shikhar
Nepal Life
NIMB

छलफलका क्रममा एनआइसी बैंकलाई तोकेरै यस्तो काम नगर्न अनुरोध समेत गरेका छन् । उनले भने ‘कतिपयले तोकिएको मितिमा कर्जा तिर्न सकिरहेका छैनन् । यसमा कतिपय वास्तविक कारण पनि छन् । यसका लागि हामीले एक दुई महिना स्पेस दिनु पर्छ ।’ उनले थपे, यहि वेलामा कोल्याट्रल लिइहालौ भन्नु हुँदैन । जुन बैंकले आक्रामक रुपमा लोन रिकभरीको नाममा लिलामी गर्नु भएको छ, यहाँहरुले अलिकति हेरिदिनु होला ।

उनले थपे ‘सरकारको तर्फबाट हामीले गर्ने सहजिकरण गर्नु पर्छ ।’ अर्थमन्त्री महतले कर्जा रिकभरीलाई मात्रै ध्यान दिनु भन्दा पनि कर्जा प्रवाहमा ख्यान गर्न निर्देशन दिएका छन् । उनले भने ‘हिजोका दिनमा कर्जा प्रवाह गर्दा तपाईहरुले यथेष्ट अध्ययन गर्नु भएन अहिले आएर तपाईहरुले ऋणीहरुलाई मात्रै दोष दिन मिल्दैन ।’ बैंकहरुले कर्जा प्रवाह गर्दा ऋणीको वास्तविक आम्दानी भन्दा पनि धितोलाई हेरेर कर्जा प्रवाह गर्ने गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत कर्जा नतिर्न भइरहेका अभियानलाई सरकारले कुनै पनि हालतमा समर्थन नगर्ने अर्थमन्त्रीले प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने ‘कर्जा नतिर्ने पक्षमा सरकार छदै छैन । यसमा सरकार सून्य सहनसिलतामा चल्छ तपाईहरु ढुक्क भए हुन्छ ।’

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया