Nepal Life

निफ्राका अधिकांश सूचकमा गिरावट, खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

NMB Bank
  • BFIS News
  • 2024 Jul 22 08:18
निफ्राका अधिकांश सूचकमा गिरावट, खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो
United Ajod

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार बैंकको आम्दानी र खुद नाफा दुवै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

Shikhar
Nepal Life
NIMB

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो सोही अवधिको त्यसभन्दा अघिको आर्थिक वर्षको भन्दा ५.९८ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब ४१ करोड ५२ लाख थियो।

बैंकको खुद ब्याज आम्दानी ६.४७ प्रतिशत घटेको छ। खुद ब्याज आम्दानी ‍२ अर्ब ५४ कारोड ९७ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस्तै नेट फि तथा कमिशन आम्दानी ५४.२६ प्रतिशत घटेर १ करोड ४ लाख रुपैयाँ, सञ्चालन आम्दानी ६.८६ प्रतिशत घटेर २ अर्ब ५६ करोड १ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५.८७ प्रतिशत घटेर १ अर्ब ९० करोड १० लाख रुपैयाँ भएको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३९ पैसा घटेर ६ रुपैयाँ १६ पैसामा झरेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ३७.०१ गुणा रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७० करोड ७२ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २७ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ९५ करोड ८८ लाख रुपैयाँ सञ्चित छ। पछिल्लो १ वर्षमा बैंकको निक्षेप ६.९३ प्रतिशत घटेको छ भने कर्जा ४ प्रतिशतले बढेको छ।

 

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया