Nepal Life

पूर्वीनाका काँकडभिट्टाबाट १५ अर्ब ३३ करोड बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात

NMB Bank
  • BFIS News
  • 2024 Jul 23 12:05
पूर्वीनाका काँकडभिट्टाबाट १५ अर्ब ३३ करोड बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात
United Ajod

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/०८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ। उक्त अवधिमा  १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ।

Shikhar
Nepal Life
NIMB

आर्थिक वर्ष २०८०/०८१ मा  काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ। सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ।

आर्थिक वर्ष २०८०÷०८१ मा यही नाका भएर  ६ अर्ब ५२ करोड १७ लाख रुपैयाँ मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ। सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ।

पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो। आव २०८०/०८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजार रुपैयाँको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया