Nepal Life

सपोर्ट लघुवित्तको खुद नाफामा ७५ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी पनि बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Jul 25 08:18
सपोर्ट लघुवित्तको खुद नाफामा ७५ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी पनि बढ्यो
United Ajod

काठमाडौं । सपोर्ट लघुवित्तको नाफामा उल्लेख्य वृद्धि भएको छ। लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७५.०३ प्रतिशतले बढेको देखिएको हो।

Shikhar
Nepal Life
NIMB

लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ त्यसअघिको आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

संस्थाको खुद ब्याज आम्दानी पनि १८.१९ प्रतिशतले बढेर ८ करोड २९ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ५ करोड ३९ लाख र अन्य सञ्चालन खर्च २ करोड ४० लाख रुपैयाँ रहेको छ ।

संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड १ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर २ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३५ लाख रुपैयाँ रहेको लघुवित्तको सम्भावित जोखिमबापतको व्यवस्था, गत आर्थिक वर्ष ९ लाख ७३ हजारमा सीमित भएको छ।

संस्थाले समीक्षा अवधिसम्म ३४ करोड ९१ लाख निक्षेप संकलन र १ अर्ब ६६ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ७ रुपैयाँ ८५ पैसा बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ। त्यस्तै, लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ। प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७२९.०९ रुपैयाँ र तरलता अनुपात १५.९८ प्रतिशत कायम भएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया