Nepal Life

एक साताअघि अन्तिम समयमा रोकिएको मौद्रिक नीति शुक्रबार आउला त?

NMB Bank
  • BFIS News
  • 2024 Jul 25 09:16
एक साताअघि अन्तिम समयमा रोकिएको मौद्रिक नीति शुक्रबार आउला त?
United Ajod

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिने तयारी गरिएको छ। केही दिनअघि नै सार्वजनिक गर्ने गरी तयारी गरिए पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनका आर्थिक सल्लाहकार युवराज खतिवडाको निर्देशनमा रोकिएको थियो।

Shikhar
Nepal Life
NIMB

नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले सवै कुरा अनुकुल रहे शुक्रबार सञ्चालक समिति बैठक बसेर मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिए।

मौद्रिक नीति कस्तो आउला भनेर चासोका साथ हेरिएको छ। सरकारले पनि लचिलो मौद्रिक नीति ल्याउन सार्वजनिक हुनै लाग्दा केही दिन रोकेर थप अध्ययन तथा परिमार्जन पछि मात्रै सार्वजनिक गर्ने गरी रोकेको थियो।

पछिल्लो समय सेयर बजारमा देखिएको सकरात्मक वातावरणलाई सम्बोधन हुने गरी नीति आउनेमा लगानीकर्ता आशावादी छन् भने सरकारले पनि सोही अनुरुपको नीति ल्याउने तयारी गरेको छ।

राष्ट्र बैंकले पनि यो वर्ष खुकुलो नीति ल्याउने तयारी गरेको छ। कर्जा माग नहुँदा बैंक तथा वित्तीय संस्थामा थुप्रै रकम थुप्रिएको, ब्याजदर कम भएको, रेमिट्यान्स बढिरहेको, विदेशी मुद्रा सञ्चिति, शोधनान्तर लगायत सूचक बलियो रहेको मौका सदुपयोग गर्दै राष्ट्र बैंकले नयाँ मौद्रिक नीतिमा कर्जा विस्तारलाई प्रोत्साहन हुने खालका व्यवस्था समेट्न खोजेको बताइएको छ।

अर्थमन्त्री एवं प्रधानमन्त्रीले पनि सवै पक्षलाई समेट्ने गरी समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउने निजी क्षेत्रका आवश्यकता सम्बोधन हुने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन्।

आर्थिक वर्ष २०८०/८१ मा साउन ७ मा र २०७९/८० मा साउन ६ मा मौद्रिक नीति सार्वजनिक गरिएको थियो।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया