Nepal Life

सूर्योदय वोमी लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

NMB Bank
  • BFIS News
  • 2024 Jul 26 08:38
सूर्योदय वोमी लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा
United Ajod

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको छ। संस्थाको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले १२ औं वार्षिक साधारण सभा आगामी साउन ३२ गते बोलाउने निर्यण गरेको हो।

Shikhar
Nepal Life
NIMB

ललितपुर लुभुमा रहेको लुभु पार्टी प्यालेस एण्ड क्याटरिङमा दिउँसो साढे १२ बजे सभा बस्नेछ।

सभामा एफपिओ निष्कासनमार्फत थप भएको सेयरसहित कायम चुक्तापूँजी ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँको १४.००५१ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने करबापतको रकम भुक्तानी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी साउन २४ गते बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।

यस्तै अन्य कुनै वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा मर्जरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनुका साथै कुनै विषयमा थप संशोधन गर्न वा परिवर्तन गर्न नियमनकारी निकायबाट निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समिीतलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।   

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को  वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया