Nepal Life

माइक्रोफाइनान्सको मर्जरको नीतिलाई निरन्तरता, पूँजी बृद्धि योजना आएन लाभांश वितरणमा खुल्ला

NMB Bank
  • BFIS News
  • 2024 Jul 26 13:03
माइक्रोफाइनान्सको मर्जरको नीतिलाई निरन्तरता, पूँजी बृद्धि योजना आएन लाभांश वितरणमा खुल्ला
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पटक पनि माइक्रोफाइनान्सको मर्जरको नीतिलाई निरन्तरता दिएको छ । गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि 'लघुवित्त वित्तीय संस्थाहरु तथा तीनका शाखाहरु बीचको मर्जर तथा प्राप्तिलाई प्रोत्साहित गरिनेछ ।' भनिएको छ । 

Shikhar
Nepal Life
NIMB

लघुवित्त वित्तीय संस्थाको सेवासम्बन्धमा रहेका गुनासाको सम्बोधन गर्दै ग्राहक हित संरक्षण गर्न अन्तर्राष्ट्रिय असल अभ्यास समेतका आधारमा ग्राहक हित संरक्षणलाई प्राथमिकतामा राखी आवश्यक नियामकीय व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

लघुवित वित्तीय संस्थाहरुले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने भएको छ । परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिने भएको छ ।

कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्न थप व्यवस्था मिलाइने भएको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त सम्पूर्ण लघुवित्त वित्तीय संस्थाहरुमा एनएफआरए लागु गर्न आवश्यक व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ । राष्ट्र बैंकले अझै पनि लघुवित्त वित्तीय संस्थाको पूँजी बृद्धि योजनालाई यथावत राखेको छ । तर लघुवित्तलाई लाभांश वितरण गर्न लगाएको रोकका विषयमा भने केहि पनि खुलाइएको छैन । यसले गर्दा लघुवित्तले यस पटक कोषले भ्याएसम्मको लाभांश दिन सक्ने अवस्था आउन सक्छ । यद्दयमी मौद्रिक नीति पछि आउने निर्देशन तथा निर्देशिकाले थप स्पष्ट पार्नेछ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया