Nepal Life

गुराँस लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य वित्तीय विवरण?

NMB Bank
  • BFIS News
  • 2024 Jul 28 08:33
गुराँस लघुवित्तको खुद नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य वित्तीय विवरण?
United Ajod

काठमाडौं । गुराँस लघुवित्तको खुद नाफा र आम्दानीमा उल्लेख्य वृद्धि भएको छ। लघुवित्तको खुद नाफा १४४९ प्रतिशतले बढेको छ। लघुवित्तले सार्वजनिक गरेको आव २०८०/८१ को चौथो त्रैमाससम्ममा २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको चौथो त्रैमाससम्ममा यस्तो नाफा १६ लाख ७६ हजार थियो।

Shikhar
Nepal Life
NIMB

लघुवित्तको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको छ। आव २०८०/८१ को चौथो त्रैमाससम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४७.९४ प्रतिशतले बढी हो। अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले ५ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो।

यस्तै लघुवित्तले उक्त अवधिमा ३ करोड ६० लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ भने कमिशन आम्दानी ३० लाख ९३ हजार रुपैयाँ र अन्य सञ्चालन आम्दानी २ करोड ९६ लाख रुपैयाँ रहेको छ।  

लघुवित्तको रिजर्भको आकार ११४.६० प्रतिशतले बढेर ४ करोड ७१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ३४ करोड ९४ लाख र कर्जा प्रवाह १ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । कर्मचारी खर्च ७.६१ प्रतिशतले बढेर ५ करोड ५६ लाख र अन्य सञ्चालन खर्च पनि १६.६८ प्रतिशतले बढेर २ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।    

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ। खराब कर्जा अनुपात घटेर २.४६ प्रतिशतमा सीमित बनेको छ।  

यस्तै प्रतिसेयर आम्दानी (इपिएस) २५.६१ रुपैयाँ, प्रतिसयर नेटवर्थ १४६.५२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७५८.६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७१.२२ गुणा र तरलता अनुपात ६.५१ प्रतिशत रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया