Nepal Life

वर्ल्डलिंकको 'दुईमा चार अफर', २०० एमबिपिएस गतिको इन्टरनेट मासिक ७५० रूपैयाँमै

NMB Bank
  • BFIS News
  • 2024 Jul 28 17:52
वर्ल्डलिंकको 'दुईमा चार अफर', २०० एमबिपिएस गतिको इन्टरनेट मासिक ७५० रूपैयाँमै
United Ajod

काठमाडौं। एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबिपिएस गतिको इन्टरनेट मासिक ७५० रूपैयाँमै पाउन सकिने भएको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने 'दुईमा चार अफर' सार्वजनिक गरेको हो।

वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट–टप बक्स समेत सित्तैमा पाउनेछन्।

जसका लागि ग्राहकले इन्टरनेट सेवाको लागि १७ हजार ९९० रूपैयाँ (भ्याट बाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसहरूको डिपोजिट छुट्टै तिर्नुपर्नेछ।

यसैगरी २५० एमबिपिएस र ३०० एमबिपिएस गतिको इन्टरनेटका लागि समेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ। जसको मूल्य क्रमशः १९ हजार ४९० रूपैयाँ र २२ हजार २९० रूपैयाँ राखिएको छ।

यद्यपि २००, २५० र ३०० एमबीपीएस गतिका प्याकेजहरू तीन महिना, छ महिना वा १२ महिना मध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत नै छन्।

जसअनुसार २०० एमबिपिएसको इन्टरनेटको मूल्य तीन महिनाका लागि ३ हजार ३०० रूपैयाँ, छ महिनाका लागि ६ हजार ४०० रूपैयाँ र १२ महिनाका लागि १२ हजार ६०० रूपैयाँ पर्न आउँछ।

त्यस्तै, २५० एमबिपिएसको तीन महिने प्याकेजको मूल्य ३ हजार ६०० रूपैयाँ, छ महिने प्याकेजको सात हजार रूपैयाँ र वार्षिक प्याकेजको १३ हजार ८०० रूपैयाँ रहेको छ। यस बाहेक ३०० एमबिपिएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रूपैयाँ, छ महिनाका लागि सात हजार ९०० रूपैयाँ र एक वर्षका लागि १५ हजार ६०० रूपैयाँ शुल्क पर्ने कम्पनीको भनाइ छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया