Nepal Life

धेरै कार्गो बोक्ने विमान कम्पनीका रूपमा नेपाल एयरलाइन्स सम्मानित

NMB Bank
  • BFIS News
  • 2024 Jul 29 21:02
धेरै कार्गो बोक्ने विमान कम्पनीका रूपमा नेपाल एयरलाइन्स सम्मानित
United Ajod

काठमाडौं  । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) धेरै कार्गो बोक्ने विमान कम्पनीका रूपमा सम्मानित भएको छ । सन् २०२३ मा नेपालबाट धेरै कार्गो बोक्ने दोस्रो एयरलाइन्सको रूपमा सम्मानित भएको हो । नेपाल फ्रेट परवार्डर्स एसोसिएसनद्वारा काठमाडौँमा आयोजित ३०औँ कार्गो दिवसका अवसरमा उक्त सम्मान प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको हो ।

Shikhar
Nepal Life
NIMB

सम्मानबाट कार्गो व्यापार बढाउन थप हौसला प्राप्त भएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए। उनले निगमले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यमा ‘डेन्जरस गुड्स’लगायतका कार्गो ढुवानी गर्दै आइरहेको भन्दै यस कार्यमा सहयोग गर्ने सबै सरोकारवाल, कार्गो एजेन्ट कर्मचारीलगायतलाई धन्यवाद दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया