Nepal Life

प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट

NMB Bank
  • BFIS News
  • 2024 Jul 30 16:40
प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई र्‍याडिसन होटलमा २० प्रतिशतसम्म छुट
United Ajod

काठमाडौं। प्रभु बैंकका कर्मचारी तथा ग्राहकलाई र्‍याडिसन होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रबिन्द्र ढकाल र मार्केटिङ म्यानेजर सबिन राणा तथा र्‍याडिसन होटलका तर्फबाट निर्देशक केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गरे।

Shikhar
Nepal Life
NIMB

सम्झौता अनुसार बैंकका कर्मचारी तथा ग्राहकले होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरु मध्ये खाना, पेस्ट्री सप, ट्रानक्युलिटी स्पाका साथै होटलले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन्।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै आएको छ। साथै, प्रभु बैंक छोटो समयको अन्तरालमानै फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया