Nepal Life

सिटिजन्स बैंकका ग्राहकले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jul 31 16:13
सिटिजन्स बैंकका ग्राहकले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने
United Ajod


काठमाडौं । सिटिजन्स बैंक र वीरगंजस्थित सूर्य हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सूर्य हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।

Shikhar
Nepal Life
NIMB

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।  

बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया