Nepal Life

सेयरको लक-इन पिरियड बढाउने कुनै सम्झौता भएको छैन : इप्पान

NMB Bank
  • BFIS News
  • 2024 Aug 01 18:16
सेयरको लक-इन पिरियड बढाउने कुनै सम्झौता भएको छैन : इप्पान
United Ajod

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जलविद्युत आयोजनाहरूको सेयरको ‘लकइन पिरियड’ बढाउने सन्दर्भमा कुनै सम्झौता नभएको स्पष्ट पारेको छ। हाल स्थानीय तथा प्रवर्द्धक/संस्थापक सेयरधनीका लागि तीन वर्षको लकइन पिरियड छ।

Shikhar
Nepal Life
NIMB

यो अवधि बढाउने सम्बन्धी नेपाल धितोपत्र बोर्डसँग सम्झौता भएको भनि केही सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्दै बिहीबार इप्पानले प्रेस विज्ञप्ति जारी गरेको हो।

'धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालद्वारा गठित अध्ययन समिति र सो समितिले दिएको प्रतिवेदन तथा केही धितोपत्र बोर्डका कर्मचारीको समेत हवला दिँदै विभिन्न किसिमका भ्रम फैलाउने गरी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।

जलविद्युत समूहमा सूचीकृत संगठित संस्थाको सेयर संरचनाको अवस्था र सोको प्रभाव सम्बन्धमा अध्ययन गर्ने समितिको प्रतिवेदनमाथि २०८० भदौ २४ गते धितोपत्र बोर्डको कार्यालयमा बोर्डका तत्कालीन अध्यक्ष तथा पदाधिकारीहरूसँग बृहत छलफल गरी गरिएका निर्णय समेत इप्पानले सार्वजनिक गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया