Nepal Life

थाइ एयर एसियाले थाइल्यान्ड-भैरहवा सातामा चार दिन उडान गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Aug 02 12:52
थाइ एयर एसियाले थाइल्यान्ड-भैरहवा सातामा चार दिन उडान गर्ने
United Ajod

काठमाडौं । थाइ एयर एसियाले भैरहवामा उडान गर्ने अनुमति पाएको छ। थाइ एयर एसियालाई नागरिक उड्डयन प्राधिकरणले बिहीबार भैरहवामा उडान गर्ने अनुमति दिएको हो। यससँगै अब थाइ एयर एसियाले सातामा चार दिन थाइल्यान्डबाट भैरहवा र तीन दिन काठमाडौंबाट थाइल्यान्ड उडान गर्ने अनुमति पाएको छ।

Shikhar
Nepal Life
NIMB

थाई एयर एसियाले काठमाडौं र भैरहवामा उडान अनुमति मागेको थियो। नागरिक उड्डयन प्राधिकरणले सातामा काठमाडौंमा तीन र भैरहवामा चारवटा उडान अनुमति दिएको हो।

थाइ एयर एसियाको नेपालमा जनरल सेल्स एजेन्ट (जिएसए)को रूपमा युनिभर्सल ट्राभल रहेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि जजिरा र हिमालय एयरलाइन्सले नियमित उडान गरेका थिए। तर, यात्रु अभाव भएको देखाउँदै पछिल्लो एक वर्षदेखि नियमित उडान गरेका छैनन्। अहिले साताको एक उडान नेपाल एयरलाइन्सले गर्दै आएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया