Nepal Life

सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिती चयन, अध्यक्षमा रघु नन्दन मारु, महासचिवमा राजाराम खड्का

NMB Bank
  • BFIS News
  • 2024 Aug 04 11:50
सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिती चयन, अध्यक्षमा रघु नन्दन मारु, महासचिवमा राजाराम खड्का
United Ajod

काठमाडौं । यहि शनिबार  काठमाडौमा सम्पन्न नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारणसभाबाट नयाँ कार्यसमिती चयन भएको छ । उक्त  साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन्  भने उपाध्यक्षमा डा ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् त्यसै गरि  महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन् ।

Shikhar
Nepal Life
NIMB

तिन बर्षको नया कार्यसमितिको कार्यकाल हुने संधका सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन् । राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन् । यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उघोगमा देखिएका समस्याहरुको समाधान खोज्ने र सबै पक्षहरुलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । त्यस्तै चुन ढुङ्गा  उत्खनन र विघुत बैकिङ् लगायतका समस्या समाघान का लागि  सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया