Nepal Life

नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरूङ नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 08:20
नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा कार्की र गुरूङ नियुक्त
United Ajod

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरूङ नियुक्त भएका छन्।  

Shikhar
Nepal Life
NIMB

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका मन्त्रिस्तरीय निर्णयले उनीहरुलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो। विद्युत क्षेत्रमा विशेषज्ञता हासिल गरेका गैरसरकारी व्यक्तिबाट कार्की र विद्युत उपभोक्तामध्येबाट गुरूङलाई सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ।

ऊर्जा मन्त्रीको साउन १८ गतेको निर्णयअनुसार कार्की र गुरूङलाई चार वर्षका लागि सञ्चालक समिति सदस्य पदमा मनोनीत गरिएको हो। नवनियुक्त कार्की पूर्वऊर्जा मन्त्रालयका सचिव तथा गुरूङ विद्युत विकास विभागका पूर्वमहानिर्देशक समेत हुन्।

सरकारले डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल सरकार तथा विद्युत् नियमन आयोगले दिएको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको भन्दै सञ्चालकबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया