Nepal Life

प्राइम बैंकको मुनाफा ३ अर्ब ७७ करोड, प्रतिशेयर आम्दानी १९ रुपैयाँ हुँदा कति दिन सक्ला लाभांश ?

NMB Bank
  • BFIS News
  • 2024 Aug 05 13:57
प्राइम बैंकको मुनाफा ३ अर्ब ७७ करोड, प्रतिशेयर आम्दानी १९ रुपैयाँ हुँदा कति दिन सक्ला लाभांश ?
United Ajod

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षमा तीन अर्ब ७७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २६७.१९ प्रतिशत बढाउन सफल भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

Shikhar
Nepal Life
NIMB

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३१.४५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.५३ प्रतिशत र सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १४ रुपैयाँ १५ पैसा बढेर १९ रुपैयाँ ४५ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात ११.४० गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १९ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ।

१९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.३६ प्रतिशत बढेको छ भने कर्जा १८.५८ प्रतिशत बढेको छ।

गएको वर्ष वितरण योग्य मुनाफा ऋाणात्मक हुँदा बैंकले शेयरधनीको हात खालि राख्नु परेको थियो । यस वर्ष पनि वितरण योग्य मुनाफा १.१८ रुपैयाँ मात्रै छ । विभिन्न प्रोभिजनिङ लगायतका कारणले गएको वर्ष लाभांश वितरण गर्न नपाउदा बैंकको जगेडामा पनि राम्रो रकम जम्मा भएर बसेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया