Nepal Life

नयाँ हुन्डाई क्रेटा सार्वजनिक, कति पर्छ मूल्य?

NMB Bank
  • BFIS News
  • 2024 Aug 06 16:13
नयाँ हुन्डाई क्रेटा सार्वजनिक, कति पर्छ मूल्य?
United Ajod

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ हुन्डाई क्रेटा सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

उत्कृष्ट डिजाइन, हरेक भू–भागमा मजाले गुड्न सक्ने र प्रायः हरेक उमेरका ग्राहकलाई सुहाउने नयाँ क्रेटा धेरैको रोजाइ र यात्राको साथी बन्ने विश्वास कम्पनीको छ।

मिड साइज एसयुभी सेगमेन्टमा आएको नयाँ क्रेटामा विभिन्न फिचर्स तथा थप सुविधाहरू रहेका छन्।

नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बिम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ।

साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय हिलहरू पनि रहेको कम्पनीको भनाइ छ।

त्यसैगरी, पछाडि भागमा कनेक्टिङ एलइडी टेललाइट सेटअप र रिडिजाइन गरिएको बम्पर समावेश गरिएको छ।

गाडीको भित्री भागमा कालो र खैरो थिममा यसको ड्यासबोर्ड पूर्णरूपमा नयाँ रहेको छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्टुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ। यसमा दुवै स्क्रिन समान १०.२५ इन्चका छन्।

८–स्पिकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियेन्ट लाइटिङ, प्यानोरामिक सनरुफ, भेन्टिलेटेड सिटहरू र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन् जसले यस गाडीलाई थप आरामदायी, उत्साहजनक र साहसपूर्ण ड्राइभिङ अनुभव दिने विश्वास कम्पनीको छ।

कम्पनीका अनुसार नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू प्रदान गरिएको छ। यसमा रहेको ६ ओटा एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर (एसभिएम), ब्लाइन्ड स्पट भ्यू मोनिटर (बिभीएम), अटो होल्ड सहितको इलेक्ट्रिक पार्किङ ब्रेक, र टायर प्रेशर मोनिटरिङ सिस्टम (हाइलाइन) ले चालक सुरक्षालाई शीर्ष प्राथमिकतामा राखेको छ।

एडास फिचरअन्तर्गत लेन किप एन्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाटिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता महत्त्वपूर्ण फिचर उपलब्ध छन्।

१.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनले नयाँ क्रेटालाई अझ शक्तिशाली बनाएको छ। गियर ट्रान्समिसनको विकल्पहरूमा एमटी, एटी र आइभिटी उपलब्ध रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नेपालकै उत्तम एसयुभीको रूपमा स्थापित भइसकेको पुरानो क्रेटा मोडलको तुलनामा थुप्रै उन्नत सुविधाहरू र विकल्पहरू थप गरिएको छ।

नयाँ हुन्डाई क्रेटाले पनि त्यही परम्परा कायम गरी धेरैभन्दा धेरै ग्राहकको मन जित्न सफल हुने कम्पनीको विश्वास छ।

नयाँ हुन्डाइ क्रेटा ई, इपिएल, एस (ओ), एसएक्स, एस (ओ) सिभिटी, एसएक्स टेक, एसएक्स टेक सिभिटी र एसएक्स (ओ) सिभिटी भेरियन्टहरू तथा ६ भिन्न रंगहरूमा उपलब्ध छन्।

नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया