Nepal Life

कालिका लघुवित्तको नाफामा १३४ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो

NMB Bank
  • BFIS News
  • 2024 Aug 09 09:09
कालिका लघुवित्तको नाफामा १३४ प्रतिशतको वृद्धि, प्रतिसेयर आम्दानी पनि बढ्यो
United Ajod

काठमाडौं । कालिका लघुवित्तको नाफामा उल्लेख्य वृद्धि भएको छ। संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम अघिल्लो आवको तुलनामा १३४.०२ प्रतिशतले बढी हो। त्यसअघि सोही अवधिमा लघुवित्तले २ करोड ६९ लाख रुपैयाँको नाफा कमाएको थियो।
 

Shikhar
Nepal Life
NIMB

संस्थाको खुद ब्याज आम्दानी भने ०.५४ प्रतिशत बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा २५ करोड ३६ लाख रुपैयाँ थियो। संस्थाले ४ करोड ४३ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।  

संस्थाको खुद सञ्चालन आम्दानी २४.७३ प्रतिशतले वृद्धि भएर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ। यस्तै सञ्चालन खर्च २.१४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।  

लघुवित्तको चुक्तापूँजी ३७ करोड २३ लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ १०१.२६ प्रतिशतले बढेर ६ करोड ६५ लाख रुपैयाँ र रिजर्भ १७.५९ प्रतिशतले बढेर २० करोड ४० लाख रुपैयाँ पुगेको छ। यस्तै निक्षेप संकलन १ अर्ब ३५ करोड रहेको छ।

वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख र वार्षिक लाभांश क्षमता ९.२७ प्रतिशत रहेको छ।
 
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ४९ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट ३ अर्ब ९० करोडको कर्जा लगानी गरेको छ। ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७९ प्रतिशत कायम भएको छ।  

लघुवित्तको जगेडा कोषमा २७ करोड ६ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ७१ पैसा बढेर १६ रुपैयाँ ८५ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ७० पैसा र मूल्य आम्दानी अनुपात ७५.८१ गुणा रहेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २७ पैसा रहेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया