Nepal Life

सुबारुद्वारा निर्मित दुई नयाँ गाडी नेपाली बजारमा बिक्री सुरु, कति पर्छ मूल्य?

NMB Bank
  • BFIS News
  • 2024 Aug 11 16:23
सुबारुद्वारा निर्मित दुई नयाँ गाडी नेपाली बजारमा बिक्री सुरु, कति पर्छ मूल्य?
United Ajod

काठमाडौं । जापानी कार उत्पादक सुबारुद्वारा निर्मित दुई नयाँ मोडलका गाडीहरू नेपाली बजारमा बिक्री वितरण सुरू गरिएको छ।

Shikhar
Nepal Life
NIMB

नेपालको लागि सुबारुको आधिकारिक वितरक विजय मोटर्स प्रालिले आइतबार नयाँ मोडलहरू– २.० क्रसट्रेक हाइब्रिड आइसाइट र २.५ आउटब्याक टुरिङ आइसाइट नेपालमा सार्वजनिक गरेको हो।

सार्वजनिक भएका यी दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारु कर्पोरेसनद्वारा आविष्कार गरिएको पछिल्लो अत्याधुनिक अटोमोबिल प्रविधि, सुरक्षा, दिगोपना र कार्यक्षमतालाई प्रतिनिधित्व गर्दै साहसिक कार सवारीको नयाँ मापदण्ड तय गरेको कम्पनीको दाबी छ।

यी गाडीको नेपाली बजार मूल्य भने एक करोड ६९ लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

प्रविधिमा आधारित २.० क्रसट्रेक हाइब्रिड आइसाइट बाटोमा दौडिरहेको अवस्थामा स्वचालित रूपमा विद्युतीय र इन्धनको ऊर्जा लिने हुनाले यसलाई अन्य विद्युतीय गाडीजस्तो बाहिरी चार्जिङको आवश्यकता नपर्ने बताइएको छ।

दौडिरहेकै अवस्थामा गाडीको ब्याट्री आफैं चार्ज हुनेछ। यसैगरी एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमीको माइलेज दिने हुनाले यो मोडलले नेपाली उपभोक्ताको मन जित्ने कम्पनीको विश्वास छ।

२.५ आउटब्याक टुरिङ आइसाइट भेरियन्टको गाडी १८८ हर्जपावर इञ्जिन क्षमतामा आएको छ। यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सतह जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ।

१० वटा यअरब्याग रहेको यस भेरियण्टमा ब्ल्याइण्ड स्पट मोनिटरिङ र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेण्ट प्रणालीले यात्रामा सुरक्षाको प्रत्याभूतिलाई थप गराउने उल्लेख गरिएको छ।

सुबारुले सार्वजनिक भएको दुवै नयाँ भेरियण्टका गाडीहरूमा पछिल्लो आइसाइट ड्राइभ असिस्टेन्ट प्रणालीलाई अपनाइएको उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया