Nepal Life

एक करोडभन्दा बढी पटक डाउनलोड भएपछि इ-सेवाले मनायो 'खुसीका एक करोड पलहरू'

NMB Bank
  • BFIS News
  • 2024 Aug 16 17:26
एक करोडभन्दा बढी पटक डाउनलोड भएपछि इ-सेवाले मनायो  'खुसीका एक करोड पलहरू'
United Ajod

काठमाडौं। नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवा लिमिटेडको गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी डाउनलोड पूरा भएको छ। यो उपलब्धि हासिल गर्ने इसेवा, नेपालको पहिलो डिजिटल वालेट एप भएको कम्पनीको दाबी छ।

Shikhar
Nepal Life
NIMB

इसेवाले एक करोड डाउनलोडलाई 'खुसीका एक करोड पलहरू' भनेर मनाएको छ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ। यो यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नु परेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्‍याएको छ।

सन् २००९ मा स्थापना भई सेवा दिई आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धि हासिल गरेको हो।

हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहकहरू, २ लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंकहरू, ४५ लघुवित्तहरू ३ लाख ५० हजारभन्दा बढी मर्चेन्टहरू आवद्ध छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले एक करोड डाउनलोड गरी इसेवालाई माया गर्नुहुने प्रयोगकर्ता, ग्राहक, एजेन्ट तथा मर्चेन्टहरू सम्पूर्णका धन्यवाद व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया